Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गौरमा लगाइएको कर्फ्यु हट्यो, सद्भाव र्‍यालीपछि जनजीवन सामान्य

गौरमा लगाइएको कर्फ्यु हट्यो, सद्भाव र्‍यालीपछि जनजीवन सामान्य

सोमवार , फाल्गुण ११, २०८२

रौतहट । रौतहटको सदरमुकाम गौरमा लगाइएको कर्फ्यु आदेश सोमबार बिहानदेखि हटाइएको छ ।

नागरिक समाजको अगुवाइमा गौर–६ सबगढामा शान्ति सद्भाव र्‍याली निकालिएसँगै जिल्ला प्रशासन कार्यालयले कर्फ्यु हटाउने निर्णय गरेको हो ।

कर्फ्यु हटेलगत्तै बजार खुल्न थालेका छन् भने सार्वजनिक यातायात र दैनन्दिन गतिविधि क्रमशः सामान्य बन्दै गएका छन् । केही दिनदेखिको तनावपछि स्थानीयवासीमा राहतको अनुभूति देखिएको छ ।

बिहेको बाजालाई लिएर सुरु भएको विवादले उग्र रूप लिएपछि प्रशासनले शनिबारदेखि गौरमा कर्फ्यु आदेश जारी गरेको थियो। घटनापछि सुरक्षा सतर्कता बढाइएको थियो।

र्‍याली झडप सुरु भएको क्षेत्रबाटै निकालिएको थियो। सबगढाको मुख्य सडकबाट सुरु भएको सद्भाव र्‍यालीले गाउँ परिक्रमा गर्दै शान्ति कायम राख्न अपिल गरेको थियो। र्‍यालीमा नागरिक समाजका अगुवा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीयवासी तथा प्रशासनका अधिकारी सहभागी भएका थिए।

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार, स्थानीयस्तरमै सद्भाव कायम गर्ने प्रतिबद्धता देखिएपछि कर्फ्यु हटाइएको हो। उनले सबै पक्षलाई संयम र सहिष्णुता अपनाउन आग्रह गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077