Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन लक्षित हर्कको कटाक्ष - लुकेर देश खरानी बनाउने 'गेमर'सँग भेट्दैन, अफवाह फैलाउन छोड

बालेन लक्षित हर्कको कटाक्ष - लुकेर देश खरानी बनाउने 'गेमर'सँग भेट्दैन, अफवाह फैलाउन छोड

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ सँग कुनै पनि भेटघाट नगर्ने अडान लिएका छन् ।

बालेनले बिहीबार साँझ राजनीतिक भेटघाटमा सक्रिय रहँदै ‘जेनजी’ को जिम्मा रक्षा बमलाई दिँदै गोपी हमालदेखि हर्क साम्पाङसम्म मिलाउने काम आफूले गर्ने बताएका थिए । त्यसलगत्तै साम्पाङले आफू यस्तो पहलमा सामेल नहुने प्रतिक्रिया दिएका हुन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठनको बहस चर्किँदा साम्पाङ प्रधानमन्त्री बन्न सक्रिय देखिएका थिए।

सो बेला आफूलाई समर्थन नगरेको भन्दै उनी बालेनसँग रुष्ट रहेको स्रोत बताउँछन्। त्यसयता उनले बालेनविरुद्ध सामाजिक सञ्जालमा निरन्तर असन्तुष्टि पोख्दै आएका छन्।

यसै सन्दर्भमा साम्पाङले शुक्रबार बिहान फेसबुकमा बालेनको नाम नलिई लेखेका छन्, ‘मिडिया ट्रायल गर्न छोड१ जेनजीलाई दुरुपयोग गर्ने र लुकेर देश खरानी बनाउने गेमरसँग हर्क साम्पाङ भेट्दैन। अफवाह फैलाउन छोड !’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077