Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

महानगरकी उपमेयरको नाममा ठगी धन्दा, क्यूआर पठाएर पैसा मागिँदै

महानगरकी उपमेयरको नाममा ठगी धन्दा, क्यूआर पठाएर पैसा मागिँदै

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको नाम र तस्बिर दुरुपयोग गर्दै नक्कली ह्वाट्सएप खाता बनाएर ठगी गरेको खुलेको छ ।

डंगोलले सामाजिक सञ्जालमार्फत स्क्रिनसट सार्वजनिक गर्दै उक्त खाता र नम्बर आफ्नो नभएको स्पष्ट पार्दै सर्वसाधारणलाई सचेत गराएकी छन् । उनका अनुसार स्क्यामरले आफूलाई अप्ठ्यारो परेको भन्दै ई–सेवाको क्यूआर कोड पठाएर पैसा माग्ने गरेको छ।

उनले यसबारे नेपाल प्रहरी र सम्बन्धित दूरसञ्चार निकायलाई जानकारी गराइसकेको र कानुनी प्रक्रिया अघि बढाइसकेको बताइन्। साथै, कुनै पनि प्रकारको आर्थिक कारोबार नगर्न र यस्ता सन्देशमा प्रतिक्रिया नदिन अनुरोध गरेकी छन्।

डंगोलले लेखेकी छन्, ‘मेरो नाम र फोटो दुरुपयोग गरी नक्कली नम्बरबाट पैसा माग्ने कार्य भइरहेको जानकारी प्राप्त भएको छ। यो म होइन र यो मेरो नम्बर पनि होइन। कृपया यस्तो सन्देश आएमा पैसा नपठाउनुहोस् र प्रतिक्रिया नदिनुहोस्।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077