Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने सरकारको निर्णय

पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने सरकारको निर्णय

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । सरकारले पुस १५ गतेलाई राष्ट्रिय च्याउ दिवसका रूपमा मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं एव सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, बैठकले नेपाल नागरिकता चौथो संशोधन नियमावली स्वीकृत गरेको छ ।

उनले वैदेशिक रोजगारीको शिलशिलामा इराक गई त्यहाँको भिसा प्राप्त गरेका नेपाली नागरिकले नेपाल आएको बखत रेसिडेन्सी कार्डको सक्कल र फोटोकपीसहित आवेदन पेस गरेको खण्डमा श्रम स्वीकृती दिन स्वीकृति प्रदान गर्ने निर्णय समेत भएको बताए ।

उनले जापानमा प्रशिक्षार्थी कामदार पठाउनेसम्बन्धी निदेशिका खारेज गर्ने निर्णय भएको पनि जानकारी दिए । यस्तै विभिन्न ९ वटा वटा स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय पनि भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077