Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जेनजी आन्दोलन जाँच आयोगविरुद्धको रिट खारेज

जेनजी आन्दोलन जाँच आयोगविरुद्धको रिट खारेज

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । सर्वोच्च अदालतले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष तथा सदस्यहरूविरुद्ध दायर रिट निवेदन खारेज गरेको छ ।

आयोगमा जानुअघि नै निष्कर्ष दिएका व्यक्तिको नेतृत्वमा बनेको आयोगले निष्पक्ष न्याय दिन नसक्ने भन्दै दायर गरिएको रिट शुक्रबार सर्वोच्च अदालतको पूर्ण इजलासले खारेज गरिदिएको हो ।

न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले रिट खारेज गर्ने निर्णय सुनाएको हो। यसअघि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दालाई अन्तिम सुनुवाइका लागि अघि बढाएको थियो।

अधिवक्ता विपिन ढकालले कात्तिक १८ गते दायर गरेको रिटमा आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले आयोगमा नियुक्ति लिनुअघि र नियुक्तिपछि दिएका सार्वजनिक अभिव्यक्तिले आयोगको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको दाबी गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077