Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जाँचबुझ आयोगमा १५ कर्मचारी थप गर्ने सरकारको निर्णय

जाँचबुझ आयोगमा १५ कर्मचारी थप गर्ने सरकारको निर्णय

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगमा थप १५ जना कर्मचारी उपलब्ध गराउने निर्णय गरेको छ।

सोमबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आयोगमा निजामत सेवा तर्फ चार जना र नेपाल प्रहरी तर्फ ११ जना गरी १५ जना कर्मचारी थप गर्ने निर्णय गरेको हो ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको उक्त जाँचबुझ आयोगलाई भदौ २३ र २४ गतेका घटनासम्बन्धी अनुसन्धान गरी प्रतिवेदनसहित आवश्यक कारबाहीका सिफारिस गर्न तीन महिनाको समय दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077