Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गायक शिव परियार भन्छन् - कार्की आयोगबाट अन्याय भयो

गायक शिव परियार भन्छन् - कार्की आयोगबाट अन्याय भयो

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । गायक शिव परियारले जेनजी आन्दोलन छानबिनका लागि गठित आयोगको प्रतिवेदनप्रति गम्भीर आपत्ति जनाएका छन् ।

उनले आफूलाई ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’का रूपमा उल्लेख गरिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उक्त निष्कर्ष पुनर्मूल्यांकन गर्न सरकारसँग आग्रह गरेका हुन् ।

सोमबार सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण दिँदै परियारले गौरीबहादुर कार्की नेतृत्वको आयोगबाटै आफू अन्यायमा परेको बताएका छन्।

परियारका अनुसार २०८२ भदौ २४ गते उनले सामाजिक सञ्जालमा “बेपत्ता पारिएका ३२ जना संसद भवनभित्र मृत फेला” भन्ने खबरको सत्यता बुझ्न मात्र प्रश्न सोधेका थिए ।

“के यो सत्य हो ?” भन्ने जिज्ञासामूलक पोस्टलाई भ्रामक प्रचारको रूपमा प्रस्तुत गर्नु अन्यायपूर्ण भएको उनको भनाइ छ।

उनले उक्त पोस्ट कुनै दाबी वा पुष्टि नभई नागरिकको सूचना पाउने अधिकार प्रयोग गर्दै गरिएको स्पष्ट पारे। पछि प्रतिक्रिया आएपछि खबर गलत रहेको थाहा पाएर पोस्ट हटाएको पनि उनले उल्लेख गरेका छन्।

परियारले केही सामाजिक सञ्जाल पेज र अनलाइन सञ्चारमाध्यमले वास्तविकता नबुझी आफ्नो पोस्टलाई तोडमरोड गरेर प्रस्तुत गरेको आरोप लगाए। त्यसकै आधारमा आयोगको प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएको भन्दै उनले आपत्ति जनाएका छन्।

उनले यस्तो आरोपले आफ्नो व्यक्तिगत प्रतिष्ठा, संवैधानिक अधिकार र कलाकारको छविमा नकारात्मक असर पारेको बताएका छन्।

'म गहिरो रूपमा मर्माहत भएको छु,' उनले लेखेका छन्। परियारले वर्तमान सरकारसँग आग्रह गर्दै भ्रामक सूचनाका आधारमा गरिएको निष्कर्ष पुनर्विचार गर्न माग गरेका छन्। आवश्यक परे आफू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको उनले बताए ।

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fshiva.pariyar.5%2Fposts%2Fpfbid0xGqfTHarVkrbJHMisGHFuQ6DAewQvCrYTcR1w6nZR4cKUe2FTSD1nXjNUGRNTZccl&show_text=true&width=500" width="500" height="638" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowfullscreen="true" allow="autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share"></iframe>

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077