Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता

राष्ट्रपति पौडेल र माधव नेपालबीच भेटवार्ता

शनिवार , पौष १२, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच शनिबार बिहान राष्ट्रपति भवन शीतलनिवासमा करिब एक घण्टा भेटवार्ता भएको हो ।

भेटमा मुलुकको समसामयिक राजनीतिक अवस्था, समयमै निर्वाचन गराउने, तथा सबै दल र समूहहरूलाई मिलाएर चुनावी वातावरण बनाउने विषयमा छलफल भएको बताइएको छ।

भेटवार्तामा पछिल्लो समय विकसित राजनीतिक अस्थिरता, दलहरूबीचको संवाद र सहकार्य, तथा लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने विषयमा समेत विचार–विमर्श भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077