काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
बैठकमा आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति समानुपातिक उमेदवारको सूचीका विषयमा छलफल गरिनेछ ।
पार्टीको महाधिवेशन, पछिल्ला राजनीतिक समसामयिक घटनाक्रमलगायत विषयमा पनि छलफल गरिने जनाइएको छ ।
यही पुस ९ गतेदेखि कांग्रेस कार्यसम्पादन समितिको बैठक बसिरहेको हो ।