Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि र बालेनको सहमतिपछि के भन्छन् सुदन गुरुङ ?

रवि र बालेनको सहमतिपछि के भन्छन् सुदन गुरुङ ?

आइतवार , पौष १३, २०८२

काठमाडौं। जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय समस्या र जनताका वास्तविक समस्यामा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

आज बिहान गुरुङले सामाजिक सञ्जाल फेसबुकमा रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका मेयर बालेन शाहको फोटोसहित आफ्नो समूहको आगामी योजना सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्- 'अब रास्वपाले चुनावको तयारीमा ध्यान दिन सक्छ । हामी भने राष्ट्रिय समस्या र जनताका वास्तविक समस्याहरू समाधानमा ध्यान दिनेछौँ ।'

केही दिनअघि कुपण्डोलस्थित कुमार बेनको घरमा रवि र बालेनबीच वार्ता चलिरहेका बेला सुदन गुरुङले सहमति नजुट्दासम्म गेट नखोल्ने भन्दै ताला लगाएका थिए ।

तर आइतबार बिहान करिब ४ बजे सहमति हुँदा उनी वार्तास्थलमै उपस्थित थिएनन् । सहमतिमा गुरुङको नाम, भूमिकाबारे केहि पनि उल्लेख गरिएको छैन।

सहमतिअनुसार दुई पक्षबीच एकतापछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहनेछ र पार्टी सभापतिमा रवि लामिछाने नै रहनेछन्।

साथै आगामी प्रतिनिधिसभा निर्वाचनपछि भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन्द्र शाहलाई अघि सार्ने समझदारी भएको छ ।

''

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077