Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समानुपातिक सूचीलाई अन्तिम रुप दिन एमालेको सचिवालय बैठक जारी

समानुपातिक सूचीलाई अन्तिम रुप दिन एमालेको सचिवालय बैठक जारी

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक सुरु भएको छ। ११ औँ महाधिवेशनपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पहिलो सचिवालय बैठकले

समानुपातिकका उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि भोलिसम्म समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेकाले आज एमालेले उम्मेदवारको टुंगो लगाउन लागेको हो।

जिल्ला र प्रदेशबाट समानुपातिकका आकाङ्क्षीहरूको नाम संकलन गरेर अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारेका छन्।

बैठक र मापदण्डविनै सूची तयार पारिएको भन्दै एमालेमा बैठक बोलाउन दबाब बढाइएको थियो।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचनको तयारीलगायतको विषयमा पनि छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077