काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठकले २०६४ यता समानुपातिकबाट सांसद भइसकेकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ ।
समानुपातिकको बन्दसूचीमा राख्ने उम्मेदवारहरूको नाम छनोट गर्न बसेको बैठकले ०६४, ०७०, ०७४ र ०७९ सालमा कुनै पनि निर्वाचनबाट समानुपातिक सूचीमा परी प्रतिनिधिसभा र प्रदेश सभामा सांसद बनेकाहरूलाई यसपटक उम्मेदवार नबनाउने निर्णय गरेको हो ।
कार्यसम्पादन समितिका एक सदस्यका अनुसार अहिलेसम्म मौका नपाए नयाँ उम्मेदवारहरू कांग्रेसको समानुपातिका सूचीमा रहने छन् ।
कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी छ । बैठकले समानुपातिक तर्फ बन्दसूचीमा रहने उम्मेदवारको नाम छनोट गर्नेछ ।