Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

टेरामक्स भ्रष्टाचार प्रकरण : विशेष अदालतले सर्वोच्चका आदेश झिकाउन दियो आदेश

टेरामक्स भ्रष्टाचार प्रकरण : विशेष अदालतले सर्वोच्चका आदेश झिकाउन दियो आदेश

आइतवार , पौष १३, २०८२

काठमाडौं। टेरामक्स भ्रष्टाचार प्रकरणमा विशेष अदालतले सर्वोच्च अदालतमा दायर रिटहरूमा भएका आदेश र फैसलाको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको छ।

विशेष अदालतका सदस्य न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले आइतबार यस्तो आदेश गरेको हो।

अदालतले भेन्राइज सोलुसन कम्पनीले टेरामक्स प्रणाली खरिद प्रक्रिया रद्द गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको २०७६/०१/२० को निर्णयविरुद्ध सर्वोच्च अदालतमा २०७६/०२/२० मा दायर गरेको ०७५–डब्लूओ–१२३५ नम्बरको उत्प्रेषण रिटमा २०७८/०१/१४ मा भएको आदेशको प्रमाणित प्रतिलिपि मगाउन निर्देशन दिएको छ।

त्यसैगरी, टेरामक्स प्रकरणसँग सम्बन्धित देखिएको वरिष्ठ पत्रकार तारानाथ दाहालसमेत पक्ष रहेको ०६९–डब्लूओ–०२६८ नम्बरको रिट निवेदनमा सर्वोच्चबाट भएको आदेश/फैसलाको प्रमाणित प्रतिलिपि पनि झिकाउन विशेष अदालतले आदेश गरेको छ।

आदेशमा भनिएको छ, 'मिसिल संलग्न कागज प्रमाणहरू अध्ययन गर्दा देहायबमोजिमको कार्य सम्पन्न गरी नियमानुसार पेस गर्नू,' भन्दै यी दुवै रिटका आदेशको प्रमाणित प्रतिलिपि सर्वोच्च अदालतबाट मगाउन निर्देशन दिइएको हो।

यसैबीच, अदालतले टेरामक्स प्रणाली खरिद प्रक्रियाको अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेशन विज्ञका रूपमा नियुक्त गरेका केशव ज्ञवालीलाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ।

विशेष अदालत ऐन, २०५९ को दफा ७(क) बमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत् ज्ञवालीलाई भौतिक रूपमा वा श्रव्यदृश्य माध्यममार्फत इजलाससमक्ष उपस्थित गराई बयान गराउन आदेश दिइएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077