Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले छानबिन आयोगमा दिए बयान, सबै आर्थिक कागजात पेश

‘हामी नेपाल’ का संस्थापक सुदन गुरुङले छानबिन आयोगमा दिए बयान, सबै आर्थिक कागजात पेश

आइतवार , पौष १३, २०८२

काठमाडौं। जेनजी प्रतिनिधि तथा ‘हामी नेपाल’ अभियानका संस्थापक सुदन गुरुङले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा उपस्थित भई बयान दिएका छन् ।

गुरुङले आफूले हालसम्म भएका सबै आर्थिक कारोबारसम्बन्धी कागजातसहित आयोगसमक्ष बयान दिएको जानकारी दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले लेखेका छन्, 'हामी नेपालसँग आवद्ध भएका आर्थिक कारोबारसम्बन्धी हालसम्मका सम्पूर्ण कागजात ढण्डासहित छानबिन आयोगमा उपस्थित भएको छु।'

आफूमाथि लगाइएका आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा आफू स्वयं अघि बढेको उल्लेख गर्दै गुरुङले भनेका छन्, “हामीमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु।”

छानबिनबाट सत्य उजागर हुनेमा विश्वास व्यक्त गर्दै उनले लेखेका छन्, 'सत्य कहिल्यै डराउँदैन। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेको छु।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077