Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी समानुपातिक उम्मेदवार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी समानुपातिक उम्मेदवार

आइतवार , पौष १३, २०८२

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवार बनेका छन् ।

जनमोर्चाले आइतबारनिर्वाचन आयोगमा केसीको नाम पहिलो नम्बरमा राख्दै समानुपातिक उम्मेदवारहरूको बन्द सूची दर्ता गराएको हो ।

पार्टीका महासचिव मनोज भट्टका अनुसार जनमोर्चाले ११० जना उम्मेदवारको बन्द सूची आयोगमा पेस गरेको छ, जसलाई आयोगले सूची नम्बर ३ मा दर्ता गरेको छ।

अध्यक्ष केसी हाल बागलुङ जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् । पछिल्लो समय परिवारको स्वास्थ्य समस्याका कारण रुपन्देहीस्थित आफ्नै घरमा बस्दै आएका केसीले पार्टीको दैनिक जिम्मेवारी कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलाई सुम्पिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077