Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद पुनर्स्थापनाको मुद्दा चुनाव पछि सार्नु गम्भीर षडयन्त्र हो : चित्रबहादुर केसी

संसद पुनर्स्थापनाको मुद्दा चुनाव पछि सार्नु गम्भीर षडयन्त्र हो : चित्रबहादुर केसी

आइतवार , फाल्गुण १०, २०८२

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा चुनावपछि साधारण तारेखमा राखिनुमा गम्भीर षडयन्त्र भएको आरोप लगाएका छन् ।

रुपन्देहीको बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै केसीले सो आरोप लगाएका हुन् ।

उनले भने, सर्वोच्च अदालतमा संसद पुनर्स्थापनासम्बन्धी मुद्दाको सुनुवाइ फागुन २२ गतेपछि तोकिएको छ। राज्यको लगभग ३० अर्ब खर्च गरेर चुनाव गरेपछि प्रतिनिधि सभा पुनर्स्थापना गर्ने हो ? यो गम्भीर षडयन्त्र हो।”

यसै फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। सर्वोच्च अदालतले निर्वाचनको भोलिपल्ट फागुन २२ गते संसद पुनर्स्थापनासम्बन्धी मुद्दामा साधारण तारेख तोकेको छ।

केसीले आरोप लगाउँदै भने कि सिंहदरबार र संसद भवन जलाउनेहरूले मुलुकलाई चुनावमा धकेलेको छन्। उनका अनुसार, यस्तो घटनाक्रमले संवैधानिक अस्थिरता र लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप देखाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077