Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सीआईएले दलाई लामालाई पुनर्स्थापित गर्नका लागि नेपालमा खेल खेल्यो : चित्रबहादुर केसी

सीआईएले दलाई लामालाई पुनर्स्थापित गर्नका लागि नेपालमा खेल खेल्यो : चित्रबहादुर केसी

सोमवार , चैत्र ९, २०८२

काठमाडौं । राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले विदेशमा रहेका नेपालीहरूलाई अमेरिकी गुप्तचर संस्था सीआईएले प्रभावमा पारेर नेपालमा मतदान गराउन लगाइएको आरोप लगाएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले यस्तो दाबी 'लाजमर्दो अवस्था' भएको टिप्पणी गरे ।

उनले विदेशमा रोजगारी तथा अध्ययनका लागि गएका नेपालीहरू सीआईएको नियन्त्रणमा रहेको आरोप लगाउँदै उनीहरूले आफ्ना परिवारजनलाई समेत घण्टीमा भोट हाल्न दबाब दिने गरेको दाबी गरे ।

उनले भने, 'विदेशमा जहाँजहाँ नेपालीहरू छन्, उनीहरूलाई सीआईएले कब्जामा लिएको छ। उनीहरूले आफ्ना आमाबाबुलाई ‘घण्टीमा भोट हाल्नुस्, नत्र म घर फर्किन्न’ भन्ने अवस्था सिर्जना गरिएको छ ।'

नेपालको समग्र अवस्थाबारे सबै राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने तयारी रहेको जानकारी दिँदै उनले अन्तर्राष्ट्रिय शक्ति संघर्षको प्रभाव नेपालमा परेको दाबी गरे।

'चीनको विरुद्ध अमेरिकाले रणनीतिक खेल खेलेको हो,'उनले भने, 'दलाई लामालाई पुनर्स्थापित गर्ने उद्देश्यसमेत यससँग जोडिएको छ ।'

अध्यक्ष केसीले विश्व राजनीतिमा समेत जनताको निर्णय सधैं सही नहुने उदाहरण प्रस्तुत गर्दै अमेरिकामा डोनाल्ड ट्रम्प जस्ता नेतृत्व चयन भएको प्रसंग उल्लेख गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077