Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

दलाई लामाको जन्मदिन मनाउन अनुमति दिएको भन्दै एमालेको आपत्ति

दलाई लामाको जन्मदिन मनाउन अनुमति दिएको भन्दै एमालेको आपत्ति

बिहिवार , आषाढ २५, २०८३

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सरकारले नेपालको इतिहासमै पहिलोपटक निर्लज्जतापूर्वक अनुमति दिएको भन्दै आपत्ति जनाएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले तिब्बती धर्मगुरु दलाई लामाको जन्मोत्सव मनाउन सरकारले अनुमति दिएकोमा आपत्ति जनाएका हुन् ।

नेपालको भूमि छिमेकी राष्ट्रहरूका विरुद्ध प्रयोग हुन नदिने राष्ट्रिय प्रतिबद्धता विपरीत सरकारले राष्ट्रहित प्रतिकूल र अपरिपक्व नीति लिएको उनको आरोप छ ।

उनले भने- 'नेपालले सदियौँदेखि अवलम्बन गरेको एक चीन नीतिका विरुद्ध चीनबाट सन् १९५९ मै भागेर गएका, विदेशमा शरण लिएर बसेका पृथकतावादी नेता दलाई लामाको ९१औँ जन्मदिन मनाउन वर्तमान सरकारले यही असार २२ गते नेपालको इतिहासमै पहिलोपटक निर्लज्जतापूर्वक अनुमति दियो।'

असार २२ गते स्वयम्भूस्थित नामग्याल निम्न माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रमले नेपाल र चीनबिचको सुमधुर सम्बन्धमा आँच पुर्‍याएको उनको दाबी छ । प्रमुख सचेतक महरले उक्त कार्यक्रममा अमेरिकी, फ्रान्सेली, युरोपेली युनियन र अष्ट्रेलियाली राजदूतहरूको उपस्थिति हुनुलाई अर्थपूर्ण र गम्भीर विषय भएको बताए ।  

उनले भने, 'पश्चिमा शक्तिहरू नेपाललाई चीन विरोधी अखडा बनाउन र मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने षडयन्त्रमा लागिरहेको यस घटनाले पुष्टि गरेको छ । के वर्तमान सरकार एक चीन नीतिको विरुद्धमा उभिएको हो ? यसबारे सरकारले सदनलाई स्पष्ट पार्नुपर्छ ।'

साथै परराष्ट्र नीतिका सन्दर्भमा सरकारले केटाकेटीपन देखाएको टिप्पणी गर्दै महरले छिमेकीसँगको सम्बन्धमा सजग, गम्भीर र जिम्मेवार बन्न सरकारको ध्यानाकर्षण गराए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077