Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

चुनावमा होमियो एमाले, पुस २० भित्र प्रत्यक्ष उम्मेदवारका नाम पठाउन निर्देशन

चुनावमा होमियो एमाले, पुस २० भित्र प्रत्यक्ष उम्मेदवारका नाम पठाउन निर्देशन

आइतवार , पौष १३, २०८२

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम पुस २० गतेभित्र सिफारिस गर्न पार्टीका मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ ।

पार्टीको सचिवालय बैठकले निर्वाचन क्षेत्रीय कमिटीमार्फत नाम सिफारिस गर्न निर्णय गरेको हो । सचिव राजन भट्टराईका अनुसार आज बसेको सचिवालयको पहिलो बैठकले समानुपातिक सांसदका उम्मेदवारहरूको नामावलीलाई अन्तिम रूप दिएको छ भने प्रत्यक्षतर्फका उम्मेदवारका नाम समयमै सिफारिस गर्न निर्देशन दिने निर्णय पनि गरिएको छ ।

बैठकमा जिल्ला र प्रदेश कमिटीबाट प्राप्त नामावली पार्टी अध्यक्ष केपी शर्मा ओलीले पेश गरेका थिए। ती नामहरूमा केही संशोधनसहित सचिवालयले पारित गर्दै भोलि निर्वाचन आयोगमा दर्ता गर्न पठाउने निर्णय गरेको जनाइएको छ।

फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले आज र भोलि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम मिति तोकेको छ। त्यसैगरी, माघ ६ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ।

एमालेले समयमै उम्मेदवार टुंग्याउँदै संगठनलाई सक्रिय बनाउने र निर्वाचन तयारीलाई तीव्र बनाउने रणनीतिअनुसार यो निर्णय गरेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077