Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचन बाहेक अरु विकल्प सोचे देश गम्भीर दुर्घटनामा जान्छ: प्रचण्ड

निर्वाचन बाहेक अरु विकल्प सोचे देश गम्भीर दुर्घटनामा जान्छ: प्रचण्ड

सोमवार , पौष १४, २०८२

काठमाडौं । नेपाली कम्यनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले प्रचण्डले देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै भएको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्वाचन बाहेक अरु विकल्प सोचे भने देश फेरि दुर्घटनामा पर्न सक्ने बताएका हुन् ।

''देशलाई निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो । अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न पनि सक्छ भन्ने पहिलो पार्टी र नेतृत्वको हैसियतले आज हामी निर्वाचन प्रक्रियामा बन्दुसूची प्रस्तुत गर्दैछौँ । सबै राजनीतिक दलहरु पनि विभिन्न उत्तारचढाव हुँदै निर्वाचनमार्फत नै देशमा राजनीतिक स्थिरता, स्थायित्वतर्फ र विकासको नयाँ प्रक्रियातिर लैजान सकिन्छ भनेर सबै सहभागी हुने वातावरण बनेको छ,'' उनले भने ।

सबैको सामूहिक प्रयासले नै संकटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता, फैलिने हो की भन्ने सन्त्रास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी निर्वाह गर्न सकिने उल्लेख गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077