काठमाडौं । जेनजी अभियन्ता सुदन गुरुङले सबै शक्तिहरु एक हुने दाबी गरेका छन् ।
बनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी कार्यालयमा पहिलोपटक पुगेका सुदनले सो कुरा बताएका हुन् ।
उनले त्यहाँ रास्वपाका उपसभापति डा. स्वर्णीम वाग्लेसँग भेटेका थिए । भेटपछि सामाजिक सञ्जालमा लेख्दै गुरुङले आफूहरुले रवि, बालेन र कुलमानको एकता हेर्न चाहेको र आफूहरु हरसम्भव प्रयास गरिरहेको बताए ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्- 'जनता रवि, बालेन र कुलमानको एकता हेर्न चाहन्छन् र हामी जनताको यो सपना साकार पार्न हरसम्भव प्रयास गरिरहेका छौँ। '
त्यस्तै उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुलमानसँग वार्ता चलिरहेको र जसरी पनि मिलाएरै छाड्ने उद्घोष गर्दै निस्किएका थिए।