Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तान कांग्रेसको समानुपातिक सूचीमा

राष्ट्रपति र पूर्वराष्ट्रपतिका सन्तान कांग्रेसको समानुपातिक सूचीमा

मंगलवार , पौष १५, २०८२

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा राष्ट्रपति तथा पूर्वराष्ट्रपतिका छोराछोरीसमेत परेका छन् ।

कांग्रेसले खस आर्य महिलातर्फ राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल पौडेललाई समानुपातिक सूचीमा समेटेको हो । संज्ञा कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।

त्यसैगरी, पूर्वराष्ट्रपति रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवलाई मधेसी पुरुषतर्फ समानुपातिक उम्मेदवारको रूपमा सूचीमा राखिएको छ। चन्द्रमोहन कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077