Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

निवर्तमान सांसदले छाडे एमाले

निवर्तमान सांसदले छाडे एमाले

बुधवार , पौष १६, २०८२

काठमाडौं । नेकपा एमालेका नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै विघटित प्रतिनिधि सभाका सांसदसमेत रहेका उनले आजको दिनदेखि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग भएको जानकारी दिएका हुन् ।

वक्तव्यमा घिमिरेले देशप्रति अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीति गर्ने अनिवार्य सर्त भएको उल्लेख गरेका छन्। तर पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट मुलुकका आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको निष्कर्षमा आफू पुगेको उनको भनाइ छ।

यही कारणले आफू संलग्न रहेको पार्टीबाट अलग हुने निर्णय गरेको स्पष्ट पार्दै उनले लेखेका छन्, 'पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएकोले आजको दिनदेखि म संलग्न रहेको पार्टीको जिम्मेवारीबाट अलग भएको छु।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077