Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काँग्रेसका २५ केन्द्रीय सदस्यले गराए देउवाको ध्यानाकर्षण, विशेष महाधिवेशन रोक्न माग

काँग्रेसका २५ केन्द्रीय सदस्यले गराए देउवाको ध्यानाकर्षण, विशेष महाधिवेशन रोक्न माग

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले अहिलेको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगन गरेर विशेष महाधिवेशनको लागि आह्वान गरेपछि नेताहरूले शुक्रबार बिहान सभापति देउवालाई भेटेर विशेष महाधिवेशनले पार्टी विभाजनको बाटोमा अघि बढ्ने भन्दै रोक्न माग गरेका हुन्।

भेटमा संलग्न केन्द्रीय सदस्य डिला संग्रौलाले सभापति देउवाले आफू पार्टी विभाजन होस् भन्ने पक्षमा नरहेको बताएको जानकारी दिइन्।

उनले भनिन्- 'हामीले विशेष महाधिवेशन रोक्नुपर्छ। नत्र पार्टी विभाजनसम्म जान सक्छ भनेर सभापतिजीको ध्यानाकर्षण गराएका छौँ । उहाँले पनि विभाजनको बाटो ठीक होइन भन्ने धारणा राख्नुभयो। हामीले नियमित महाधिवेशनले यो विवादको समाधान गर्न सक्छ भनेर सुझाव दिएका छौँ।'

बुधबारका लागि तय भएको वडा अधिवेशन प्रभावित बनेपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गरेर नियमित अधिवेशन स्थगन गरेका छन् ।

उनीहरूले २७ पुसका लागि विशेष महाधिवेशन घोषणाको तयारीसमेत गरेका छन् । जसका लागि विशेष महाधिवेशनका लागि पक्षधर समूहले बिहीबार भृकुटीमण्डप पनि बुक गरिसकेको छ ।

महामन्त्रीद्वयले नियमित महाधिवेशन स्थगित गरेपछि काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

यता विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077