Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सभापति देउवाको कार्यकाल आगामी जेठसम्म थप्न प्रस्ताव

सभापति देउवाको कार्यकाल आगामी जेठसम्म थप्न प्रस्ताव

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद आगामी २०८३ जेठ मसान्तसम्म थप्ने प्रस्ताव गरिएको छ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिसहित कांग्रेसका सबै तह र निकायको कार्यकाल थप्ने प्रस्ताव पेश गरेका हुन्।

प्रस्तावमा वर्तमान विशेष परिस्थितिलाई मध्यनजर गर्दै पार्टी संगठनमा निरन्तरता आवश्यक भएको उल्लेख गरिएको छ।

खड्काद्वारा प्रस्तुत प्रस्तावमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४३ बमोजिम पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८३ जेठ मसान्तसम्म थप्ने स्पष्ट व्यवस्था गरिएको छ।

यदि केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उक्त प्रस्ताव पारित भएमा, केन्द्रीय कार्यसमितिदेखि तल्ला तहसम्मका सबै पार्टी निकायको म्याद स्वतः २०८३ जेठ मसान्तसम्म लम्बिनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077