Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गगन थापाको अडान – पुसभित्रै विशेष महाधिवेशन हुन्छ

गगन थापाको अडान – पुसभित्रै विशेष महाधिवेशन हुन्छ

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले १५औँ महाधिवेशन आगामी वैशाखमा गर्ने निर्णय गरेसँगै पार्टीभित्र मतभेद सार्वजनिक भएको छ।

महामन्त्री गगन थापाले भने विधानअनुसार पुसभित्रै विशेष महाधिवेशन गर्नैपर्ने स्पष्ट अडान लिएका छन्।

शुक्रबार साँझ केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले बहुमतले महाधिवेशनको कार्यतालिका पारित गरेको स्वीकार गरे पनि त्यसले विशेष महाधिवेशनको आवश्यकता अन्त्य नगर्ने बताए।

उनले भने, 'मन लागेको विषयमा विधान हेर्ने, मन नलागेको विषयमा विधान नहुने भन्ने हुँदैन। विशेष महाधिवेशनबारे निर्णय हुनैपर्छ।'

थापाका अनुसार विधानअनुसार विशेष महाधिवेशन बोलाउने विषयमा निर्णय गर्न एक–दुई दिनभित्र केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुपर्नेहुन्छ। सो अवधिमा बैठक बसेर निर्णय नभए आफूले नै विशेष महाधिवेशन गर्ने चेतावनीसमेत उनले दिए।

'महामन्त्री भनेको कांग्रेसको केन्द्र हो। त्यसको अधिकार र दायित्वका आधारमा विशेष महाधिवेशन गरिन्छ,' थापाले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077