Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अब सत्ताको वैशाखी होइन, रास्वपाको लक्ष्य १५१ सिट हो : स्वर्णिम वाग्ले

अब सत्ताको वैशाखी होइन, रास्वपाको लक्ष्य १५१ सिट हो : स्वर्णिम वाग्ले

शनिवार , पौष १९, २०८२

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले १५१ सिट जित्ने लक्ष्यसहित चुनावी मैदानमा उत्रिने घोषणा गरेका छन् ।

शनिबार पोखरामा आयोजित बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै वाग्लेले रास्वपा अब सानो संख्यामा सीमित भएर कसैको ‘म्याजिक नम्बर’ वा सत्ताको वैशाखी बन्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन् ।

उनका अनुसार २१ सिटबाट ५०–६० सिटमा पुग्नु सहज बाटो भए पनि मुलुकको दीर्घकालीन राजनीतिक अस्थिरता अन्त्य गर्न पूर्ण बहुमत अपरिहार्य छ ।

‘५०–६० सिट ल्याएर सरकारमा च्याखे थाप्ने वा म्याजिक नम्बरको खेलमा लाग्ने हाम्रो बाटो होइन,’ वाग्लेले भने, ‘अबको हाम्रो संकल्प २१ बाट एकैपटक १५१ सिटको हो। यो सजिलो छैन, तर देशलाई निर्णायक दिशातर्फ लैजान बहुमत आवश्यक छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077