Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बजेटबारे पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै अर्थमन्त्री वाग्ले

बजेटबारे पत्रकारहरूसँग अन्तर्क्रिया गर्दै अर्थमन्त्री वाग्ले

आइतवार , जेठ १७, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटका विषयमा सञ्चारकर्मीहरूसँग आज अन्तर्क्रिया गर्ने भएका छन् ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा दिउँसो आयोजना हुने उक्त कार्यक्रममा बजेटका प्राथमिकता, कार्यान्वयन योजना तथा नीतिगत व्यवस्थाबारे विस्तृत छलफल हुनेछ ।

अर्थमन्त्री वाग्लेले गत शुक्रबार संघीय संसद्मा २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका थिए। सो बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड (५९.८ प्रतिशत), पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ।

सरकारले बजेटमार्फत आर्थिक वृद्धि, पूर्वाधार विस्तार र वित्तीय सन्तुलनलाई प्राथमिकतामा राखेको बताइएको छ। आजको अन्तर्क्रियामा पत्रकारहरूले बजेटका विभिन्न पक्षबारे प्रश्न गर्ने र अर्थमन्त्रीले त्यसको जवाफ दिने कार्यक्रम रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077