Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नीति तथा कार्यक्रम चलिरहँदा अर्थमन्त्री वाग्ले निदाए !

नीति तथा कार्यक्रम चलिरहँदा अर्थमन्त्री वाग्ले निदाए !

सोमवार , बैशाख २८, २०८३

काठमाडौं । संघीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निदाएका छन् ।

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आसनमै आँखा चिम्लिएको अवस्थामा देखिएका हुन्।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसहित उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

राष्ट्रपतिले सरकारका प्राथमिकता, आर्थिक नीति, पूर्वाधार विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा सुशासनसम्बन्धी कार्यक्रम प्रस्तुत गरिरहँदा अर्थमन्त्री वाग्ले केही समय निदाएको जस्तो देखिएको भिडियो तथा तस्वीर सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077