Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी–२० ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

टी–२० ग्लोबल छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा

आइतवार , पौष २०, २०८२

काठमाडौं । आईसीसी महिला टी–२० ग्लोबल छनोटका निम्ति नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार इन्दु वर्माको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली सार्वजनिक गरेको हो ।

नेपालमै हुने प्रतियोगिता जनवरी १४ देखि १ सम्म आयोजना हुने तालिका छ । नेपाली टिम भारतीय प्रशिक्षक हर्षल पाठकको प्रशिक्षणमा छ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालसँगै नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बाब्वे छन् । नेपालले जनवरी १८ मा थाइल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । प्रतियोगितामा कुल १० टिमको सहभागिता छ । जसबाट शीर्ष चार टिमले महिला टी–२० विश्वकपमा छनोट हुनेछन् ।

यस्तो छ नेपाली टिम :

इन्दु वर्मा (कप्तान), पूजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीताराना मगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, राजमती ऐरी र मनीषा उपाध्याय

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077