Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी हुन् बालेन टिमबाट रास्वपा केन्द्रीय सदस्य बनेका २६ जना [नामावली]

यी हुन् बालेन टिमबाट रास्वपा केन्द्रीय सदस्य बनेका २६ जना [नामावली]

आइतवार , पौष २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वरिष्ठ नेता घोषणा गर्दै २६ जनासहित केन्द्रीय सदस्यमा अनुमोदन गरेको छ।

आइतबार साँझ बसेको केन्द्रीय समितिको दोस्रो बैठकले शाहसहित २६ जनालाई केन्द्रीय समिति सदस्यको रूपमा अनुमोदन गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका हुन् ।

बैठकपछि केन्द्रीय सदस्य बनेकाहरूले रास्वपा सभापति रवि लामिछानेसमक्ष औपचारिक शपथ ग्रहण गरेका छन् ।

गत पुस १३ गते बालेन्द्र शाह र रास्वपा बीच भएको एकता सहमतिअनुसार आगामी प्रतिनिधिसभा चुनावमा बालेन्द्रलाई बहुमत आएमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको थियो।

आज अनुमोदित केन्द्रीय सदस्यहरूमा बालेन्द्र शाह वरिष्ठ नेता, सुनिल लम्साल, भुपदेव शाह, सस्मित पोखरेल, सागर ढकाल, लक्ष्मण थारु, रमेश पौडेल, खगेन्द्र सुनार, गणेश पौडेल, सन्तोष गिरी, नमिता यादव, सरिता ज्ञवाली, जेम्स कार्की, सुशान्त वैदिक, लक्ष्मी बर्देवा, शिव यादव, रोहन कार्की, अनन्तराज घिमिरे, रामकुमार ढुंगाना, प्रदीप ज्ञवाली, मधुसुधन ढकाल, ओजश्वी थापा, केपी खनाल, आदित्य आचार्य, प्रदीप पाण्डे र खेमराज साउद रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077