Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा

रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा

सोमवार , पौष २१, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन लिम्बूले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेका हुन् । रास्वपाको समानुपातिकतर्फको ११० जनाको बन्द सूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा उनको नाम समावेश थियो । समानुपातिक उम्मेदवार छनोटका लागि रास्वपाले पार्टीभित्र पनि मतदान गरेको थियो। त्यसमा लिम्बूले सबैभन्दा बढी मत पाएका थिए।

उनले भने- ‘म हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु। संविधानमा सुनिश्चित समानुपातिक समावेशी प्रणालीलाई अवलम्बन गर्ने रास्वपाको प्रतिवद्धताका आधारमा समानुपातिकतर्फ उम्मेदवारी दिएको उनले उल्लेख गरेका छन्।'

यससँगै रास्वपाको समानुपातिक सूचीबाट उम्मेदवारी फिर्ता लिनेहरूको संख्या सात पुगेको छ।

यसअघि डा. अरनिको पाँडे, आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन कार्यक्रम प्रस्तोता आसिफ साह, व्यवसायी चन्द्र ढकालका छोरा सचिन ढकाल, र प्राध्यापक महेन्द्र लावतीले समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरिसकेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077