Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा

एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालय च्यासलमा केही बेरअघि सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन, पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल हुनेछ ।

आजको बैठकमा नेताहरूको कार्य विभाजन पनि प्रमुख एजेन्डाको रुपमा रहेको छ ।

देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई मुख्य मुख्य विभागका प्रमुख, प्रदेशका इन्चार्जहरुलाई संयोजक र जिल्ला इन्चार्जहरुलाई पनि संयोजकको भूमिका दिइने तयारी छ।

एमालेले केन्द्रीय कमिटी दोस्रो बैठक पुस २७ गतेदेखि २९ गतेसम्म काठमाडौंमा बोलाएको छ । साथै राष्ट्रियसभा उम्मेदवारको पनि टुंगो लगाइनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077