Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

एमालेको चुनावी कमान्डर बादल, ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन

एमालेको चुनावी कमान्डर बादल, ओलीको संयोजकत्वमा घोषणा पत्र मस्यौदा कमिटी गठन

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि चुनाव परिचालन कमिटी गठन गरेको छ।

मंगलबार बिहान बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । जसमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’लाई चुनावी कमान्डर बनाएको छ ।

कमिटीको सचिवमा विष्णु रिमाल र सदस्यहरूमा सचिवहरू छविलाल विश्वकर्मा, राजन भट्टराई र हिक्मत कार्की रहेका छन् । यसैगरी रमेश बडाल, मीनबहादुर शाही र भीष्म अधिकारी पनि समितिमा रहेका छन् ।

यस्तै बैठकले निर्वाचनका लागि अध्यक्ष केपी ओलीकै नेतृत्वमा घोषणा पत्र समिति समेत गठन गरेको छ।

कमिटीमा नेताहरू रामबहादुर थापा, विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077