Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रियसभा निर्वाचनमा एमालेको ७ सिट दाबी

राष्ट्रियसभा निर्वाचनमा एमालेको ७ सिट दाबी

मंगलवार , पौष २२, २०८२

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनमा चुनावी तालमेलका क्रममा ७ सिट दाबी गरेको छ ।

पार्टी सचिवालय बैठकपछि कांग्रेस र अन्य दलसँग भएको छलफलमा एमालेले प्रत्येक प्रदेशबाट एक–एक जना पर्ने गरी ७ सिट माग गरेको हो।

उपमहासचिव लेखराज भट्टका अनुसार हालसम्म सिट बाँडफाँटबारे कुनै ठोस टुंगो लागिसकेको छैन ।

उनले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेससँग थप छलफल गर्ने र उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी पनि सचिवालय बैठकले अध्यक्षलाई नै दिएको बताए ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रमुख दलहरूबीच तालमेलको प्रयास जारी रहे पनि सिट संख्या र उम्मेदवार चयनका विषयमा सहमति जुट्न बाँकी रहेको एमालेले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077