Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राजीनामा दबाबबीच घिसिङले भने - म कुनै दलको सदस्य छैन

राजीनामा दबाबबीच घिसिङले भने - म कुनै दलको सदस्य छैन

मंगलवार , पौष २२, २०८२

ललितपुर । उर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्पष्ट पारेका छन्।

मंगलबार ललितपुरमा आयोजित इन्जिनियरहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री घिसिङले पार्टी सदस्यता सम्बन्धी उठिरहेका प्रश्नको स्पष्ट जवाफ दिएका हुन्।

उनले उज्यालो नेपाल पार्टी गठनमा आफ्नो अगुवाइ रहेको भए पनि हालसम्म आफू कुनै पनि दलको औपचारिक सदस्य नभएको दाबी गरे। ‘आजको मितिसम्म म कुनै पनि पार्टीको सदस्य छैन,’ मन्त्री घिसिङले स्पष्ट शब्दमा भने।

उज्यालो नेपाल पार्टीले पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्ने निर्णय गरेको थियो। उक्त एकता सहमतिपत्रमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका थिए ।

सहमतिमा हस्ताक्षरका क्रममा मन्त्री घिसिङ पनि उपस्थित थिए, जसलाई लिएर पछिल्लो समय राजनीतिक दल र नागरिक समाजका केही पक्षले उनले सरकारबाट राजीनामा दिनुपर्ने आवाज उठाउँदै आएका छन् ।

यस विषयमा उठेका आलोचनाप्रति प्रतिक्रिया दिँदै मन्त्री घिसिङले आफू सरकारको जिम्मेवारीमा रहँदा राजनीतिक निरपेक्षतामै काम गरिरहेको बताए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077