Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमानको पदलोलुपता : सहमतिको एक सातामै किन बोले झुट ?

कुलमानको पदलोलुपता : सहमतिको एक सातामै किन बोले झुट ?

मंगलवार , पौष २२, २०८२

काठमाडौं । गत पुस १४ गते राति उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सातबुँदे सहमतिपछि एकता भएको थियो ।

सो साँतबुँदे सहमतिपत्रमा रास्वपाको केन्द्रीय सभापतिमा रवि लामिछाने, उपसभापतिमा कुलमान घिसिङ, डोलप्रसाद अर्याल, स्वर्णिम वाग्ले रहने उल्लेख छ ।

उक्त सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्याय र साक्षीका रूपमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले हस्ताक्षर गरेका थिए ।

तर सहमति भएको एक हप्तामै उर्जामन्त्री समेत रहेका कुलमान घिसिङले विवादित अभिव्यक्ति दिएका छन् । मंगलबार ललितपुरमा आयोजित इन्जिनियरहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले आफू अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्य नरहेको दाबी गरेका छन् ।

उनको यो अभिव्यक्तिलाई ‘झुट’ मानिएको छ र पदलोलुपताको कारण यस्तो बयान आएको अनुमान गरिएको छ । मंगलबार प्रधानमन्त्री सुशीला कार्कीले कुलमान घिसिङलाई मन्त्रीबाट राजीनामा दिन निर्देशन दिएको समाचार बाहिरिएको थियो ।

त्यसपछि मन्त्री कुलमानले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको दाबी गरेका हुन् । पदलोलुपताका कारण कुलमानले यस्तो अभिव्यक्ति दिएको कतिपयको बुझाई छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077