Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कुलमानलाई आशिकाको प्रश्न - म पार्टीको सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ ?

कुलमानलाई आशिकाको प्रश्न - म पार्टीको सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ ?

बुधवार , पौष २३, २०८२

काठमाडौं । सामाजिक अभियान्ता आशिका तामाङले उर्जामन्त्री कुलमान घिसिङ लक्षित टिप्पणी गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत आशिकाले कुलमानलाई मन्त्री पद खुस्किन्छ भनेर पार्टीको म सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ भन्दै प्रश्न गरेकी हुन् ।

उनले रास्वपाको उपसभापति भएर पनि मन्त्री पद जोगाउने जाने डरले आफू पार्टीको सदस्य नभएको दाबी गर्नु नैतिक रूपमा गलत भएको बताइन् ।

उनले भनिन्, 'पार्टीको उपसभापति भएको व्यक्ति आफ्नो मन्त्री पद खुस्किने डरले ‘म पार्टीको सदस्य होइन’ भन्न कुन नैतिकताले अनुमति दिन्छ ?'

कुलमानले मंगलबार एक कार्यक्रममा आफू कुनै पनि पार्टीको सदस्य समेत नरहेको अभिव्यक्ति दिएका थिए । अहिले उक्त अभिव्यक्तिको सर्वत्र आलोचना भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077