Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विमलेन्द्रमाथि दुर्व्यवहार भएपछि गगन थापाले भने - फरक विचारका कारण दुर्व्यवहार गर्नु गलत

विमलेन्द्रमाथि दुर्व्यवहार भएपछि गगन थापाले भने - फरक विचारका कारण दुर्व्यवहार गर्नु गलत

बुधवार , पौष २३, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी नेता विमलेन्द्र निधिप्रति पार्टी कार्यालयबाहिर भएको दुर्व्यवहार गलत भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै थापाले उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय रहेको बताएका हुन् ।

'असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ । त्यसकारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ,' उनले भने ।

उनले विधि, विधान र प्रक्रिया भन्दा बाहिर कुनै बाटो नभएको बताए । 'म समग्र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरूलाई आग्रह गर्न चाहन्छु, हामी सबै परिवर्तन चाहन्छौँ तर विधि, विधान र प्रक्रियाभन्दा बाहिर कुनै बाटो छैन । प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ,' उनले लेखेका छन् । यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि उक्त घटना गलत भएको बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077