Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पिकनिक गएर फर्कँदै गरेको बस साँखुमा दुर्घटना

पिकनिक गएर फर्कँदै गरेको बस साँखुमा दुर्घटना

बुधवार , पौष २३, २०८२

काठमाडौं । साँखु क्षेत्रमा यात्रुबाहक बस दुर्घटना भएको छ । बुधबार साँझ करिब ५ः४५ बजेतिर दुर्घटना भएको हो ।

काठमाडौंको शंखरापुर नगरपालिका–३ फेदी जंगलस्थित सडकखण्डमा जर्सिङ पौवाबाट साखुतर्फ पिकनिक गएर फर्कँदै गरेको बा ४ ख ८७८८ नम्बरको महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटनामा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

दुर्घटनापछि घटनास्थलबाट सबै यात्रुलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077