Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट खेलाडी

क्रिकेटका अलराउन्डर दीपेन्द्र बने वर्षको उत्कृष्ट खेलाडी

बुधवार , पौष २३, २०८२

काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०८१ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

बुधबार पोखरास्थित प्रदेश सभागृहमा आयोजित अवार्ड समारोहमा नियमित राष्ट्रिय टोली सदस्य रहेका दीपेन्द्रले चार जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रतिष्ठित उपाधि हात पारेका हुन् ।

उत्कृष्ट पुरुष वर्ष खेलाडी विधामा दीपेन्द्रसँगै क्रिकेटका कुशल भुर्तेल, खोखोका जनक चन्द, टेबलटेनिसका स्यान्टु श्रेष्ठ तथा उसुका विजय सिन्जाली मनोनयनमा परेका थिए।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा सम्पन्न यस वर्षको पल्सर स्पोर्ट्स अवार्डमा कुल ११ विधामा खेलाडी, प्रशिक्षक तथा खेलकुदकर्मीहरूलाई सम्मान गरिने आयोजकले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077