Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आईसीसी टी-२० वरीयतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा

आईसीसी टी-२० वरीयतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२०आई अलराउन्डर वरियतामा महत्त्पुर्ण उपलब्धि हासिल गरेका छन् । 

आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार दीपेन्द्र चौथो स्थानमा उक्लिएका हुन् ।

आइसिसी टी–२० विश्वकपमा नेपालका लागि सर्वाधिक १६९ रन बनाएपछि दीपेन्द्रको वरियता सुधार भएको हो । 

दीपेन्द्रको रेटिङ अंक २०२ बाट बढेर २४४ पुगेको छ । 

अलराउण्डर वरियताको शीर्ष स्थानमा पाकिस्तानका सायम अयुब उक्लिएका छन् । उनको ३०३ रेटिङ अंक छ ।

जिम्बाबेका सिकन्दर राजा २९७ अंकसहित दोस्रोमा झरेका छन् । २८२ अंकसहित तेस्रोमा भारतका हार्दिक पान्ड्या यथावत् छन् ।

यस्तै पाँचौँ स्थानमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाइ उक्लिएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077