Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वाल्डो क्यासिनोमा ठगी काण्ड : चारजना जेलमा, तीन छुटे

वाल्डो क्यासिनोमा ठगी काण्ड : चारजना जेलमा, तीन छुटे

बिहिवार , पौष २४, २०८२

काठमाडौं । ठमेलस्थित क्यासिनोमा आइलेन्स (कन्ट्याक्ट लेन्स) प्रयोग गरी जुवामा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। एक चिनियाँ नागरिक र दुई नेपाली महिलालाई भने धरौटीमा रिहा गरिएको छ।

काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा रहेको वाल्डो डाइनास्टी इन्टरटेनमेन्ट प्रालिमा क्यासिनो खेल्ने क्रममा प्रविधियुक्त आइलेन्स प्रयोग गरी ठगी गरेको अभियोगमा चिनियाँ, भारतीय र नेपाली नागरिक पक्राउ परेका थिए।

अदालतको आदेशअनुसार चिनियाँ नागरिक च्यान म्यान चिङलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ। यस्तै, नेपाली नागरिक चिजा खड्का र भवानी पाण्डेलाई जनही एक लाख रुपैयाँ धरौटी लिई छाडिएको प्रहरीले जनाएको छ।

पुर्पक्षका लागि थुनामा पठाइएकामध्ये भारतका उत्तर पश्चिम दिल्लीका सुरेश महाजन, उत्तराखण्ड देहरादूनका प्रमोद मौर्य, विक्रम सिंह र हरियानाका दिनेश वर्मा रहेका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न हङकङ वाङ पु फा युआन जोउका क्यासिनो सञ्चालकसमेत रहेका च्यान म्यान चिङसहित सात जना पक्राउ परेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077