Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

शुक्रवार , पौष २५, २०८२

एजेन्सी । रियल म्याड्रिड एट्लेटिको म्याड्रिडलाई २–१ गोल अन्तरले हराउँदै स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ ।

साउदी अरेबियाको जेद्दाहमा भएको खेलको ७७ सेकेन्डमै रियलले अग्रता लियो । कप्तान भाल्भेर्देले झन्डै ३० यार्ड गोल गरे ।

५५औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियलको अग्रता दोब्बर बनाए । ५८औं मिनेटमा एट्लेटिकोका लागि अलेक्जान्डर सोर्लोथले हेडरमार्फत एक गोल फर्काएका थिए ।

टोलीले त्यसपछि बराबरी गर्न सकेन । अब पर्सि आइतवार हुने फाइनलमा रियल म्याडिटले बार्सिलोनासँग खेल्नेछ ।

यसअघि अस्ति बुधवार बार्सिलोनाले अर्को सेमिफाइनलमा एथ्लेटिक क्लबलाई ५–० गोलले हराउँदै फाइनल पुगेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077