Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

शुक्रवार , पौष २५, २०८२

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्न लागेको पत्रकार सम्मेलन स्थगित भएको छ।

पार्टीमा विशेष महाधिवेशनको पक्ष र विपक्षमा नेता कार्यकर्ताबीच विवाद चर्किएपछि सभापति खड्काले पत्रकार सम्मेलन गर्ने भएका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना हुने जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएका थिए । तर केही समयपछि उनले अर्को सूचना जारी गर्दै सम्मेलन स्थगित भएको जानकारी दिएका छन् ।

यसअघि इतर समूहका नेता डा.शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचार गरिएको थियो ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077