Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस महामन्त्रीद्वयलाई विनोद चौधरीको आग्रह: नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्नुस्

कांग्रेस महामन्त्रीद्वयलाई विनोद चौधरीको आग्रह: नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्नुस्

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम उद्योगपति विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीको नेतृत्वमा पुग्ने अभियानबाट पछि नहट्न आग्रह गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले महामन्त्रीद्वयले पार्टीको नेतृत्व लिनुपर्ने र मुलुकलाई युवाहरूको सपना पूरा हुने गरी विकासको खुड्किलोमा अघि बढाउनुपर्ने बताए ।

उनले भने- 'नेपाली कांग्रेसले कम्सेकम ५० प्रतिशत नयाँ अनुहारहरूलाई अब आउने निर्वाचनमा उम्मेदवार बनाएको देख्न चाहन्छ । नेपाली कांग्रेसले जेनजीको भावना बोकेकाहरुलाई पार्टी नेतृत्वको रूपमा उभ्याएको देख्न चाहन्छ । म आज मञ्चबाट दुवै महामन्त्रीलाई बधाई दिन चाहन्छु–अगाडि बढ्नुहोस् । आजको यो यात्रालाई अधुरो नछोड्नुस् । यसलाई एउटा निर्णायक ठाउँमा पुर्‍याउनुहोस् ।'

नेता चौधरीले मुलुकमा बलियो अर्थतन्त्र निर्माण गर्ने काममा पनि अगुवाइ कांग्रेसबाट भएको हेर्न चाहेको समेत बताए ।

उनले आगामी निर्वाचनमा नेपाली कांग्रेसले ५० प्रतिशत भन्दा बढी युवाहरूलाई उम्मेदवार बनाउनुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077