Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

विनोद चौधरीलाई हराउन भूमिका खेलेको आरोपमा कँडेलसहित २२ कांग्रेस नेतालाई कारबाही

विनोद चौधरीलाई हराउन भूमिका खेलेको आरोपमा कँडेलसहित २२ कांग्रेस नेतालाई कारबाही

बिहिवार , फाल्गुण २१, २०८२

नवलपरासी । नेपाली कांग्रेसका पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा केन्द्रीय सदस्य विनोद चौधरीलाई निर्वाचनमा पराजित गराउन भूमिका खेलेको आरोपमा पार्टीका केन्द्र र जिल्ला तहका २२ जना नेतामाथि कारबाही सिफारिस गरिएको छ ।

जिल्ला अनुशासन समितिले ती नेताहरूलाई पाँच वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रमा सिफारिस गरेको हो ।

कारबाही सिफारिसमा पर्नेमा कांग्रेसका निर्वतमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद जयसवाल तथा नेता गुणनिधि तिवारी लगायत रहेका छन्।

बिहीबार जिल्ला अनुशासन समितिले पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरी र क्षेत्र नम्बर २ का उम्मेदवार भिमबहादुर थापालाई पराजित गराउन भूमिका खेलेको आरोप लगाउँदै कारबाही सिफारिस गरेको जनाएको छ।

कांग्रेस जिल्ला कार्यसमितिको लेटरप्याडमा तयार पारिएको पत्रमा जिल्ला अनुशासन समितिका संयोजक आनन्द ढकाल ले हस्ताक्षर गरेका छन्। उक्त पत्र सोझै पार्टीका केन्द्रीय सभापति गगनकुमार थापालाई पठाइएको बताइएको छ।

कारबाहीका लागि सिफारिस गरिएका नेताहरू पश्चिम नवलपरासीका केन्द्र तथा जिल्ला तहका कांग्रेस नेता रहेको जनाइएको छ। अब यस विषयमा केन्द्रीय नेतृत्वले आवश्यक निर्णय गर्ने अपेक्षा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077