नवलपरासी पश्चिम । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत नवलपरासी पश्चिममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल भारी मतान्तरसहित विजयी भएका छन् ।
खनालले ४५ हजार २४१ मत प्राप्त गर्दै नेपाली कांग्रेसका उम्मेदवार तथा उद्योगपति विनोदकुमार चौधरीलाई फराकिलो अन्तरले पराजित गरेका हुन्। चौधरीले भने ९ हजार ५०२ मत मात्र प्राप्त गरे।
यसैगरी नेकपा एमालेका उम्मेदवार रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत ल्याएका छन्।