Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हर्क साम्पाङ र काउन्सिल अफ जेनजीका प्रतिनिधिबीच भेटवार्ता

हर्क साम्पाङ र काउन्सिल अफ जेनजीका प्रतिनिधिबीच भेटवार्ता

सोमवार , पौष २८, २०८२

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र काउन्सिल अफ जेनजीका कोशी संयोजक उपार्जुन चाम्लिङसहित युवाहरूको भेटवार्ता भएको छ ।

सोमबार संस्कृति पार्टीको धरानस्थित केन्द्रीय कार्यालयमा उनीहरूबीच करिब दुई घन्टा छलफल भएको हो ।

कोशी संयोजक उपार्जुनका अनुसार जेनजी आन्दोलनपछि म्यान्डेटका विषयमा छलफल गर्न विभिन्न नेताहरूसँग भेटघाट गर्ने क्रममा साम्पाङसँग पनि भेट भएको हो।

जेनजी युवालाई पार्टीमा समेट्ने हो भने कुन आधारमा समेट्ने भन्ने विषयमा छलफल हुन आवश्यक रहेको कुरा पनि उनले बताएका थिए।

त्यस्तै, जेनजी प्रतिनिधिहरूले साम्पाङलाई अहिलेको अवस्थामा नयाँ राजनीतिक दलप्रति नकारात्मक नहुन अनुरोध गरेका थिए।

पछिल्लो समय हर्कले कुनै पनि दलसँग गठबन्धन नगर्ने, कुलमान घिसिङ र बालेन शाह लगायतलाई समेत व्यंग्य गर्दै आएका छन्।

काउन्सिल अफ जेनजीका उदयपुर, ओखलढुंगा, इलाम, मोरङ, धनकुटा र सुनसरी जिल्ला संयोजकसहित १२ जना सदस्यहरू भेटमा सहभागी थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077