Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नेपालीको सरकार चाहिन्छ, कठपुतली होइन : अध्यक्ष ओली

नेपालीको सरकार चाहिन्छ, कठपुतली होइन : अध्यक्ष ओली

बिहिवार , माघ १, २०८२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपाली जनताको हितमा काम गर्ने सरकार आवश्यक रहेको स्पष्ट पार्दै विदेशीको इशारामा चल्ने ‘पपेट’ (कठपुतली) सरकार कुनै हालतमा स्वीकार्य नहुने बताएका छन्।

बिहीबार काठमाडौँमा आयोजित ४२ औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित जेलभित्रका सङ्घर्ष पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सत्ता सञ्चालनको शैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

अध्यक्ष ओलीले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र भएको स्मरण गराउँदै यहाँको सरकार सञ्चालनको साँचो नेपाली जनताकै हातमा हुनुपर्नेबताए।

उनले भने, नेपालमा नेपालीको सरकार हुनुपर्छ। विदेशीको आदेश तामेल गर्ने, विदेशीको पपेट सरकार होइन।

ओलीले नेपालीपन र राष्ट्रियताको पक्षमा उभिने शक्तिहरूको मनोबल गिराउने प्रयास भइरहेको दाबी गर्दै नेपालीको सरकार हुनुपर्छ भन्ने आवाजलाई दबाउन योजनाबद्ध रूपमा प्रहार भइरहेको आरोप लगाए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077